143
भक्तपुर । आफ्नै छोरी बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै १५ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–८ सुडालका ३१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरका अनुसार घरमा कोही नभएको मौका पारी बाबुले संवेदनशील अङ्गमा छुने, समाउने कार्य गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ । बाल यौन दुरुपयोग कसुरमा किटानी जाहेरी दरखास्तका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।