120
गोरख । गोरखाको सिरानचोक गाउँपालिका–७ उपल्लो गोहारेमा पहिरोले पुरिएर दम्पतीको ज्यान मृत्यु गएको छ ।
८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको पहिरोले पुरिएर मृत्यु भएको सिरानचोक गाउँपालिका–७ का वडा अध्यक्ष सुरज ढकालले जानकारी दिए ।
शुक्रबार मध्यराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा च्यापिएर मृत्यु भएको उनले बताए । ‘उहाँहरु दुई जना मात्र घरमा हुनुहुन्थ्यो, पहिरो खसेर घर पुरिएको बिहान मात्र थाहा भयो,’ उनले भने, ‘चार घण्टा लगाएर केही बेरअघि मात्र उहाँहरुको शव निकालेका छौं ।’ ६० मिटर माथिबाट खसेको पहिरोले घर च्यापिएर उनीहरुको मृत्यु भएको उनले बताए ।
previous post