111
तेह्रथुम । लगातारको वर्षापछिको बाढीले पुष्पलाल राजमार्ग अन्तर्गत तेह्रथुमको म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिका जोड्ने खोरुङ्गा खोलाको निर्माणाधीन मोटोरेबल पुल बगाएको छ ।
अबिरल परेको वर्षासँगै आएको बाढीले सट्रिङका लागि यहाँ राखिएको फलामका पिल्लर बगाएको हो । २०७३ सालमा निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले सम्झौता अनुसार काम नगर्दा बिगत ६ वर्षदेखि अलपत्र पुल निर्माणको अन्तिम चरणमा पुर्याएको थियो ।