बुटवल । लियो क्लब अफ बुटवलले आफ्ना बार्षिक कार्यक्रमलाइ प्रभाबकारी बनाउने भएको छ । पश्चिम क्षेत्रकै पुरानो संस्था लियो क्लब अफ बुटवलका बर्ष२१÷२२ का अध्यक्ष रमेश न्यौपाने चयन भएसगै बसेको पहिलो बोर्ड बैठकले लक्षीत बर्ग र क्षेत्रलाइ समेटेर युवा लक्षीत कामलाइ अघि बढाउने निर्णय गरेको छ ।
क्लबका अध्यक्ष रमेश न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले आखा शिबिर, जिल्लास्तरीय टेवलटेनिस प्रतीयोगीता, ३२ बर्ष मुनिका युवाहरुलाइ मोटिभेसनल प्रशिक्षण , सरकारी बिधालयहरुमा सेनेटरी प्याड बितरण लगायतका सामाजीक कामलाइ अघि बढाउने निर्णय गरेको छ ।
यो बर्ष कुल ८ लाख ८ हजारको बजेट बनाएको क्लबले लाइन्स,लियो र लाइनेसको सयुक्त आयोजनामा तिलोत्तमाको बनबाटीकामा प्राइभेट शौचालय तथा किचन बनाउने योजना समेत बनाएको छ । कोभीडमा फ्रन्टलाइनमा काम गर्नेहरुलाइ सहयोगदेखी बालबालीका र युवाहरुलाइ समेट्दै काम अघि बनाइने भएको छ ।
कार्यक्रममा लाइन्स क्लब अफ बुटवलका अध्यक्ष लोकप्रसाद खरेल, लियोका पुर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, दिनेश श्रेष्ठ,लियो एडभाइजर सन्जय जैसवाल, लाइनेस अध्यक्ष पुष्षा श्रेष्ठ, बुटवल आखा अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठ, राजु पौडेल, एम.एल पाण्डे, महेश खनाल, अभिनाश श्रेष्ठ लगायतले आ आफ्नो भनाइ राख्नुभएको थियो भने कार्यक्रमको सन्चालन सचिब मनिष श्रेष्ठले गरेका थिए ।
लियो क्लब अफ बुटवलले आफ्नो अभियानलाइ प्रभावकारी बनाउने
82