म केहि गरौं भन्छु, देउवाजी अहिले होइन भन्नु हुन्छ, कुरा ठिकै हो : माधव नेपाल

by समतल अनलाइन
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्य–मान्यताको राजनीतिबाट आफू पछि नहट्ने बताएका छन् ।
विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिहरुसँग आज (बुधबार) गरेको कार्यक्रममा एमाले नेता नेपाललाई एमाले जेठ २ मा फर्किएपछि के हुन्छ भन्ने प्रश्न आएको थियो । जवाफमा उनले विधि, पद्धती र मूल्यको राजनीति नछाड्ने बताएका हुन् ।

लोकतन्त्र, संविधान खतरा उन्मुख रहेको भन्दै उनले ओली प्रवृत्तिको पुनरावृत्ति हुन नहुने बताएका छन् । यद्यपि आफूले बोल्यो कि पोल्यो हुने अवस्था रहेको एमाले नेता नेपालले बताएका छन् ।

वरिष्ठ नेता माधव नेपालले काँग्रेस सभापति शेरबहादुर देउवाको आग्रहका कारण आगामी कदम चाल्न नसकेको बताएका छन् । विपक्षी गठबन्धनले लेखक तथा बुद्धिजीवीसँग आयोजना गरेको अन्तरक्रियामा नेता नेपालले भने, ‘मैले केही गरौं भनेर भन्दा शेरबहादुरजीले होइन, होइन अदालतको फैसलासम्म केही नगरौं भन्नु हुन्छ ।’ तर नेपालले आफूले गर्न लागेको कुरा भने खुलाएनन् ।

देउवाको भनाई ठीक रहेको भन्दै मूल्यको राजनीति गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘उहाँको कुरा ठीक पनि हो । त्यसैले हामी भनिरहेका छौं, जेसुकै भए पनि मूल्यको राजनीति गरौं ।’ नेता नेपालले आफूहरूबाट केपी ओली प्रवृतिको पुनरावृत्ति नहुने बताए ।

नेपालले भने, ‘यो ओली प्रवृत्ति विरुद्धको लडाईं हो । यो पुनरावृत्ति हुँदैन । यस्ता पत्र कि त सालभन्दा पहिला थिए होला । त्यसपछि छैन । राजा महेन्द्र हुन भने एउटा कुरा होइन । होइन भने यस्ता पात्र पाइँदैन ।’

‘नेपालले अहिले देश, व्यवस्था र संविधान संकटग्रस्त रहेको बताए । कतिपय विधि सुन्दाखेरी कतिपय गतिविधि हेर्दाखेरि त्यसले राम्रो संकेत दिएको छैन’ नेपालले भने, ‘यो देश जोगाउने अभिभारा तपाईंहरुको हो । हाम्रो हो । त्यसपछि हामी सबै कुरामा परिवर्तन गर्न सक्छौ’ नेपालले भने ।

 

 

You may also like

This will close in 0 seconds