212
बुटवल । रुपन्देहीमा केही दिनदेखि कोरोना संक्रमितको संख्या बढी रहेको छ। रुपन्देहीमा पछिल्लो २४ घण्टामा २४८ जनाको परिक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा १९ जना, बुटवल उपमहानगरपालिकामा १६, तिलोत्तमा र सिद्धार्थ नगरपलिकामा २/२ जना, देबदह नगरपालिकामा ४ जना, सैनामैना नगरपालिका, ओमसतिया गाउँपालिका, कन्चन गाउँपालिका र सुद्वोधन गाउँपालिकामा १/१ जना संक्रमित थपिएका हुन् ।