138
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशहरुलाई अनावश्यक धम्की दिएको आरोप लगाएका छन् ।
विपक्षी गठबन्धनले आज (बुधबार) नागरिक समाजका अगुवाहरुसँग गरेको अन्तरक्रियामा बोल्दै सभापति देउवाले तर ओलीको धम्कीबाट कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने उनले विश्वास व्यक्त गरे । देउवाले भने, ‘अदालतका न्यायाधीशहरु पनि प्रधानमन्त्रीको धम्कीबाट डराउने हो भने के होला देश ?’