93
बुटवल । अविरल बर्षा कारण बुटवल – बर्दघाट सडक खण्डको डाईभर्सन भत्किदा सडक अवरुद्ध भएको छ। नवलपरासीको सुनवल नगरपालिका १३ बडेरामा बबाइएको डाईभर्सन भत्किएको जिल्ला प्रहरी ट्राफिक कार्यलय नवलपरासीले जनाएको छ।
सडक आज बिहान ५:३० बजे देखी पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी बर्दघाटले जनाएको छ । साथै सरावल गाउपालिका १ बासामा समेत निर्माणाधिन सडक डुबानमा परेको कार्यालयले जानकारी दिएको छ ।
