बुटवल ।रोटरी क्लव अफ बुटवलको लगानीमा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा अक्सिजन जेनरेशन प्लान्ट स्थापना गरिएको छ । रोटरीले ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत ५५ लाख रुपियाँको लागतमा अक्सिजन ग्यास प्लान्ट स्थापना गरिदिएको हो । कोभिड १९ को महामारीले केही समय पहिले रुपन्देही लगायत देशभर अक्सिजन अभाव भएको थियो ।
कोभिडको तेस्रो भरियन्ट आउने हल्ला चलिरहेको र यसले सबैलाई असर गर्न सक्ने कुरालाई मध्यनजर गर्दै बाल तथा महिला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको क्लवका अध्यक्ष सुनिल श्रेष्ठले बताए । अक्सिजन प्लान्ट नहुँदा बाहिरी जिल्लाबाट सिलिन्डरमा अक्सिजन भरेर कोभिड– १९ का बिरामीका लागि प्रयोग गर्दै आएको रुपन्देहीमा आम्दामा स्थापना भएको प्लान्टले आगामी दिन अक्सिजन आपूर्तिका लागि सहज हुने उनले बताए ।
रोटरीले अक्सिजन प्लान्ट स्थापना गरी अस्पताललाई हस्तान्तरण गरेको हो । ‘हामीले लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच वर्षअघि नै अक्सिजन प्लान्ट स्थापना गरेका थियौं, आम्दा अस्पतालमा अक्सिजन प्लान्ट नभएको अवस्थालाई मध्यनजर गर्दै रोटरीयनहरुको सहयोगमा प्लान्ट निर्माण गरेका हौँ,’ श्रेष्ठले भने ।
अस्पतालमा निर्माण गरिएकोे प्लान्टबाट २४ घन्टामा २० देखि २५ वटा ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ । प्लान्टको उदघाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पुर्वमन्त्री लिला गिरीले स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा रोटरीले लगानी गरेर उदाहरणीय काम गरेको बताए । अक्सिजन प्लान्ट स्थापनाले अव अस्पतालमा अहिलेको जस्तो महामारीको समयमा समेत अक्सिजन अभावलाई पुर्ती गर्न सकिने भन्दै उनले यसको संरक्षणमा ध्यान दिन आग्रह गरे ।
रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्षल एवं रोटरी इन्टरनेशनल डिष्टिक ३२९२ का वर्ष २०२३–२४ का डिष्टिक गभर्नर राजेन्द्र ध्वजूले प्लान्ट निर्माणले आगामी दिनमा समेत अस्पतालको सेवामा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
प्लान्ट हस्तान्तरणका क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालले रोटरीले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिदिएकोमा धन्यवाद दिंदै यसको संरक्षणका साथै दीगो रुपमा सञ्चालनका लागि अस्पताल लागि पर्ने बताए ।
कार्यक्रममा क्लवका एजी राजेन्द्र लम्सालले अक्सिजन प्लान्ट स्थापनाका प्राविधिक पक्ष र यसको योजना निर्माणदेखि स्थापनासम्मका कठिनाइहरुबारे जानकारी गराएका थिए ।
कार्यक्रममा क्लवका पुर्व अध्यक्ष तथा क्लव मेन्टर कृष्णप्रसाद अर्याल, बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कमल थापा, क्लवका सचिव रोम शर्मा लगायतले आ आफ्नो धारणा राखेका थिए ।
शंकरनगर वनवाटिकामा इ लर्निङ एण्ड साइन्स थिएटर स्थापना
तिलोत्तमा, १५ असार ।
तिलोत्तमा नगरपालिकाको शंकरनगर स्थित वनवाटिकामा यस क्षेत्रको लागि नयाँ ई—लर्निङ एण्ड साइन्स थिएटर स्थापना भएको छ । रोटरी क्लव अफ बुटवलले तिलोत्तमा नगरपालिका र शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रसँगको सहकार्यमा निर्माण गरेको थिएटरको नगर प्रमुख बासुदेव घिमिरेले उदघाटन गरेका छन् ।
विशेषगरी विद्यार्थीहरुका लागि बढी उपयोगी मानिएको ई—लर्निङ एण्ड साइन्स थिएटरले नयाँ प्रविधिप्रति युवाहरुको आकर्षण् थप बढाउने भएको छ । करिव १६ फूटको लम्बाई र झण्डै ९ फूट चौडाइको स्क्रिनिङ रहेको प्रोजेक्टमा ठूला ठूला सेमिनार, गोष्ठी, तालिमहरु सञ्चालन गर्न, विभिन्न खेलकूद प्रतियोगिताहरु अवलोकन गर्न र समग्र पृथ्वीको बारेमा समेत प्रविधिको माध्यमबाट अध्ययन अवलोकन गर्न उपयोगी हुने छ । क्लवले यो प्रविधि चाइनाबाट भित्र्याएको हो । यसबाट डिजिटल सिकाइका नयाँ प्लार्टफर्मको विकास समेत भएको क्लवका पुव
क्लवका अध्यक्ष सुनिल श्रेष्ठले करिव ४५ लाखको लागतमा यो प्रोजेक्ट स्थापना भएको बताए । आफ्नो कार्यकालमा चारवटा महत्वपूर्ण प्रोजेक्ट अगाडि सारेकोमा लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्ने भनिएको क्यान्सर स्क्रिनिंग सेन्टर र ब्लड कलेक्शन मोवाइल भ्यान छिटै नै सञ्चालनमा आउने पनि उनले बताए ।
थिएटरको उदघाटन गर्दै नगरप्रमुख घिमिरेले यसले युवा पुस्तामा नयाँ प्रविधिको समेत विकासमा सघाउ पुर्याउने भन्दै यसको सञ्चालनको लागि आगामी दिनमा नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताए । क्लवका एजी राजेन्द्र लम्सालले यसको स्थापनाले वनवाटिका प्रविधिमैत्री केन्द्र बनेको पनि उनले बताए ।
क्लवका पुर्व अध्यक्ष एवं वर्ष २०२३–२४ का डिष्टिक गभर्नर राजेन्द्र ध्वजूले ई—लर्निङ एण्ड साइन्स थिएटरको स्थापनाले प्रतिकूल अवस्थामा रहेको पर्यटन क्षेत्रलाई पनि चलायमान बनाउन सघाउ पुर्याउने बताए ।
कार्यक्रममा क्लवका एजी खिमानन्द भुसाल, शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष अध्यक्ष बेलप्रसाद शर्मा, क्लवका सचिव रोम शर्मा, कोषाध्यक्ष खेमनारायण पराजुलीलगायतले ई—लर्निङ एण्ड साइन्स थिएटरको बारेमा आ आफ्नो धारणा राखेका थिए ।
रोटरीको लगानीमा आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना
78
previous post