माधव नेपालले भने–ओलीले धेरै राम्रा कुरा बोलेका छन्, रेकर्ड गरेर राख्नुस्

by समतल अनलाइन
Shares

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको मामिला नेपाली जनताले नै हल गर्नुपर्छ भन्दा कसैले चित्त दुखाउनु आवश्यक भएको बताएका छन् । पेशागत क्षेत्रका बुद्धिजीविसँगको आज नयाँबानेश्वरमा आयोजित छलफलमा उनले यस्तो बताएका हुन् ।

‘नेपाली जनताको मामिला नेपाली जनताले नै हल गर्नुपर्छ भन्दा कसैले चित्त दुखाउनु पर्दैन । राष्ट्रप्रति, जनता, संविधान, कानुनको कमिटमेन्ट चाहिएको छ’, उनले भने । राम्रो सिष्टम बसाएर मात्र नहुने बताउँदै नेता नेपालले राम्रो संस्कार पनि चाहिने बताए । उनले अघि भने, ‘हामी आफैं अरुलाई भन्छौं, आफू मान्दैनौं । यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ ।’

ओलीले ‘मलाई बहुला कुकुरले टोकेको छ र’ भन्ने जस्ता शब्द प्रयोग गरेको भन्दै नेपालले भने, ‘प्रधानमन्त्रीको कुरा रेकर्ड गरेर राख्नुपर्छ । उहाँले हिजो आज गरेका कुरा रेकर्ड गरेर राख्नुस् । म पनि खोज्दैछु । उहाँले धेरै राम्रा कुरा बोल्नु भएको छ’, उनले कटाक्ष गर्दै भने, ‘बौलाहा कुकुरले टोक्या छ भन्ने कुरामा ध्यान जाओस् ।’ उनले पानीको मुहान सफा भए मात्र सफा पानी आउने भन्दै ओेलीको भाषाप्रति व्यंग्य गरेका हुन् ।

 

You may also like

This will close in 0 seconds