120
मकवानपुर । विद्युतको मिटर बक्स खोलेर चेक गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१३ चुच्चेपानीस्थित घरमा विद्युतको मिटर बक्स खोलेर चेक गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय राजकुमार मोक्तानको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
उनका अनुसार, शनिबार दिउँसो विद्युतको मिटर बक्स खोल्ने क्रममा करेन्ट लागेर घाइते भएका मोक्तानको उपचारका क्रममा मृत्यु भएको हो ।
previous post