211
काठमाडौं । युरोकप फुटबलमा आज (शनिबार) देखि नकआउट चरण अर्थात अन्तिम १६ का खेल शुरु हुँदैछन् ।
पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दै छन् । समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह ‘बी’ को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो ।
समूह चरणका खेलमा डेनमार्कले रुसलाई र फिनल्यान्डलाई हराएको थियो भने बेल्जियमसँग पराजित भएको थियो । यस्तै वेल्सले स्विजरल्यान्डसँग बराबरी र टर्कीलाई हराएको थियो भने इटलीसँग पराजित भएको थियो ।
previous post