113
रोल्पा। रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । रोल्पा नगरपालिका –९ होमा भन्ने गाउँका टीकासिंह बुढा मगरको गए राति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको हो ।
रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार गए राति १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले बुढामगरकी आमा ८६ बर्षीया करती बुढामगर, १८ बर्षीया बुहारी सुशीला बुढा मगर र १५ बर्षीया छोरी श्यामकला बुढामगरको पहिरोमा पुरिएर ज्यान गएको हो ।