101
काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा आज (बुधबार) विहानैदेखि प्राविधिक समस्या देखिएको छ । बुधबार बिहानैदेखि काठमाडौंसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर, के कारण समस्या देखिएको भन्ने थाहा भएको छैन । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् । यसअघि पनि बेला बेलामा टलिकमको सेवामा समस्या हुने गरे पनि मर्मत पछि फेरि सेवा शुरु गरेको थियो ।
