89
काठमाडौं। युरोकप फुटबलमा क्रोएशिया समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । गए राति भएको समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डलाई ३–१ गोलले हराउँदै क्रोएशिया समूह उपविजेता बनेको हो ।
क्रोएशियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे । स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए । जितसँगै समूह डी को क्रोएशियाले ३ खेलमा ४ अंक जोडेको छ । १ अंक जोडेर समूहको पुछारमा रहेको स्कटल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ ।
