242
काठमाडौं। उत्तर कोरियाले विश्व स्वास्थ्य संगठन डब्लूएचओलाई आफ्नो देशमा हालसम्म एक जनामा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको जानकारी गराएको छ ।
जुन १० देखि उत्तर कोरियामा हालसम्म ३० हजारमा कोरोना परीक्षण भएको तर एक जनामा पनि कोरोना नदेखिएको उत्तरले डब्लूएचओलाई बताएको हो । तर विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस उत्तर कोरियामा देखिएको छैन भन्ने भनाइलाई विज्ञहरु पत्याउँदैनन् ।