131
काठमाडौं। अमेरिकाको अलबामा राज्यमा आँधीमा परेर १० जनाको मृत्यु भएको छ । आँधीमा परेर १८ वटा सवारीसाधन दुर्घटना हुँदा नौ बालबालिकासहित १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आँधीका कारण सो क्षेत्रमा कयौं निजी तथा सरकारी संरचनाहरु क्षतिग्रस्त भएका छन् भने अन्य १० जना घाइते भएको बताइएको छ ।