नेपाल नियमित रक्तदाता संघ रुपन्देही बाट कोभिड महामारीका बिच पनि ६२ पिन्ट रगत संकलन।

by समतल अनलाइन
Shares

बुटवल। नेपाल नियमित रक्तदाता सङ रुपन्देही ले कोभिड माहामारिमा कसैको पनि ज्यान रगतको अभावमा जान नपरोस भन्ने उद्धेश्यका साथ सैनामैना नगरपालिकामा एक कार्यक्रम गरि ६२ पिन्ट रगत संकलन गरि रक्तसञ्चार केन्द्र बुटवल लाई हस्तान्तरण गरेको छ।सैनामैना मानेपाल नियमित रक्तदाता संघ जिल्ला रुपन्देही र सैनामैना नगर समितिको आयोजना तथा सैनामैनामा रहेका सत्य संजाल सैनामैना,रेडक्रस सोसाइटि पर्रोहा तथा दुधराक्ष उपशाखा,सैनामैना जेसिज,सैनामैना युवा रेडक्रस सर्कल,बिपि स्टडी युथ सर्कल सैनामैना,सुनगाभा पब्लिक स्कुल,सैनामैना दलित उत्थान,वडा स्तरीय युवा क्लब सैनामैना,रोटरी क्लब अफ सैनामैना, रोट्याक्ट क्लब अफ सैनामैनाको सह आयोजनामा बृहत रक्तदान कार्यक्रम गरिएको हो । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सैनामैना वडा न.३ सुनगाभा पब्लिक स्कुलमा कार्यक्रम भएको कार्यक्रम संयोजक जितु बोहोराले जानकारी दिए ।

कार्यक्रम नेपाल नियमित रक्तदाता संघ सैनामैना नगरसमितिका अध्यक्ष शंकर ज्ञवालीको अध्यक्षता,सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीकोे प्रमुख आतिथ्यता,नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष दया बहादुर सिलवालको विशिष्ट आतिथ्यता,नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पङेनिको विशिष्ट आतिथ्यता तथा नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारी, सुनगाभा पब्लिक माध्यमिक विद्यालयका प्रचार्य तिलब के.सी,नेपाल रेडक्रस सोसाइटी पर्रोहा उपशाखाका सभापति लोकनाथ अधिकारी,समाजसेवी रिम बहादुर श्रेष्ठ, दुर्गा गौतम, सैनामैना स्वास्थ्य ब्यवसायीका अध्यक्ष एक बहादुर क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।

सैनामैना नगरपालिका मेयर चित्र बहादुर काकीले नगरपालिकाले संघलाई निरन्तर साथ र सहयोग गर्ने र रक्तदान जस्तो पवित्र कार्य गरेको बताए । रगत अभावका कारण कसैले मृत्युुबरणबरण नहोस भन्ने उदेश्यले नियमित तथा आकस्मिक रक्तदान गरिदै आएको छ । संघ सैनामैनाका सह सचिब जितु बोहोराको स्वागत र सचीव पवन पोख्रेलको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो । सैनामैना नगरपालिकाको मुर्गियाको सुनगाभा मा विको प्राङ्गणमा कार्यक्रम गरिएको हो।
नगरपालिकाले संघलाई निरन्तर साथ र सहयोग गर्ने र रक्तदान जस्तो पवित्र कार्य गरेको बताए ।

You may also like

This will close in 0 seconds