घुस रकमसहित सहायक वन अधिकृत पक्राउ

by समतल अनलाइन
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुससहित सहायक वन अधिकृत पक्राउ गरेको छ । निलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत आठौं तह (कार्यालय प्रमुख) कृष्णप्रसाद पौडेललाई घुस रकमसहित पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताएका छन् ।

सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगेपछि मुद्दा मिलाई दिने भन्दै ४० हजार घुसमाग गरेको उजुरीका आधारमा अख्तियारले उनलाई प्रकाउ गरेको हो ।

घुस र रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाई ४० हजार रुपैयाँ घुस र रिसवत लिएको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

You may also like

This will close in 0 seconds