157
काठमाडौं। भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख बनेको छ ।
पोष्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि खनाल दिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका छन् । खनालको फोक्सोमा देखिएको पानीको मात्रा घटेको र सामान्य वार्डमा राखिएको उनको सचिवालयले जनाएको छ । अहिले खनाल खाना खान सक्ने अवस्थामा रहेको पनि जनाइएको छ ।
previous post