94
उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगढाबाट एक थान पेस्तोलसहित तीन जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५९ वर्षीय पशुराम चौधरी, सोही ठाउँ बस्ने ५० वर्षीया श्यामकुमारी चौधरी र सप्तरी सुरुङ्गा नगरपालिका–८ बस्ने २३ वर्षीय बबि चौधरी रहेका छन् ।

पशुरामको घरमा हातहतियार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।