बाढीपहिरो पीडितहरुको खोज, उद्धारमा सेना परिचालन

by समतल अनलाइन
Shares

काठमाडाैं। बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरुमा गएको बाढी पहिरोबाट प्रभावित स्थानहरुमा नेपाली सेनाको श्रोत साधन तथा जनशक्ति परिचालन गरि खोज, उद्धार तथा राहत कार्य शुरु गरिएको जनाएको छ ।

जसअनुसार मंगलबार धादिङको बेनीघाट रोडाङ गाउँपालिका१० स्थित तिङराङ खानी क्षेत्रमा पर्ने पृथ्वी राजमार्ग अवरुद्ध भएकामा नेपाली सेनाको टोलीले उक्त पहिरो हटाई यातायात सुचारु गरेको छ ।

यस्तै आज सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ स्थित मेलम्ची खोलामा आएको बाढीपछि अम्बथान, क्युल, चनौटे र मेलम्ची बजार ईलाकालाई प्रभाव पारेको र उक्त बाढीबाट प्रभावित स्थानियवासिहरुको उद्धार कार्यमा सेना परिचालन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सेनाको टोलीले मेलम्चीको बाढीमा फसेका ३ जना व्यक्तिहरुलाई हेलिकप्टरद्वारा उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याउनुका साथै उक्त क्षेत्रमा फसेका तथा विस्थापित अन्य स्थानीयबासीहरुको उद्धार कार्य जारी राखेको पनि जनाइएको छ ।

त्यसैगरी, मनाङ्गको चामेमा अलपत्र परेका स्थानीयवासिन्दाहरुलाई सुरक्षित स्थानमा लगिएको छ । साथै, बाढीको कारण चामे बजार ईलाका असुरक्षित भएपछि करिब ३०० जना स्थानीय एवं विपद् उद्धारका सामग्रीहरु जिल्ला कारागारको नयाँ भवनमा सारिएको सेनाले जनाएको छ ।

You may also like

This will close in 0 seconds