127
बलेवा।वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
सदरमुकाम बागलुङ बजार हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिँदा घरमाथि पहिरो आएको हो । जिरेदीका चित्रबहादुर कार्कीको घरमाथीबाट पहिरो आएको वडाअध्यक्ष प्रेम जिसीले बताए । सोही ठाउँकै बलबहादुर जिसी र कृष्ण जिसीलगायतका घर पहिरोको उच्च जोखिममा छन् । सबै परिवारका सदस्यलाई अन्यत्रै सार्न थालिएको छ । वर्षा र पहिरो नरोकिएकाले विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सार्ने लागिएको हो ।
previous post