177
कालिकोट । तीन दिनदेखिको अविरल वर्षापछिको पहिरोले कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको ठाउँ ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
दैलेखको किटु, कालीकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको हो । केही ठाउँमा सोमबार पहिरो पन्छाए पनि वर्षा नरोकिएकोले पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिएका छन् ।
राजमार्ग अवरुद्ध हुँदा कालीकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेर आएका गाडी बाटोमा रोकिएका छन् ।
previous post