स्वावलम्बि युवा परोपकार संस्था रुपन्देहि गठन

by समतल अनलाइन
Shares

बुटवल । स्वावलम्बि युवा परोपकार संस्था रुपन्देहिको गठन गरिएको छ ।

सामाजिक रुपान्तरण हाम्रो प्रतिवद्दता भन्ने मुल नाराका साथ युवा हरुलाइ सामाजिक उत्तारदायित्व बहन गराउने उद्देश्य का साथमा आज स्वावलम्बि युवा परोपकार संस्था रुपन्देहिको गठन गरिएको छ रुपन्देहिका बिभिन्न क्षेत्रका पेसा व्याबसायमा आवद्ध रहेका युवाहरुलाई सामाजिक लाग्न प्रेरणा होस भन्ने उद्धेश्यले गैर नाफा मुखि परोपकार संस्थाको गठन गरिएको बताए ।

गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सामाजिक आभियन्ता रुपेस पौडेले सामाजिक क्षेत्रमा देखिएका बिकृती को अन्त्य गरि समाज सुधारमा युवाहरु एक भएर लाग्नु पर्ने बताउनु भयो ।

अहिले देशमा हरेक प्रकारका समस्याहरु आइपरेको बताउदै यसको साधानको लागि यूवाहरु एकिकृत भएर लाग्नुपर्ने बताउनुभयो ।आज गठन गरिएको समुहले सामाजको निम्ती उदारणीय काम गर्ने अपेक्षा लिएको बताउनु भयो यस समुहलाइ आगामि दिनमा अगाडी बढाउन लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।
बैठकले शिशिर पौडेल को अध्यक्षता मा ९ सदस्यीय समितिको गठन गरिएको छ

You may also like