काठमाडौँ । नेपाली कांग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ।
गामी १४ औं महाधिवेशनको तयारीका लागि कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो । यस अघि १०१ स्थानको विवरण कांग्रेसले सार्वजनिक गरेको थियो।

सार्वजनिक गरिएका प्रस्ताववित नामावलीमा कुनै त्रुटी भएमा वा छुट भएमा नयाँ सदस्यता तर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नयाँ सदस्यतातर्फ स्पष्ट आधार र प्रमाणसहित त्रुटी सच्याउन समेत सकिने र सुझाव भए दिन पनि आग्रह गरिएको छ । त्यससम्बन्धि कुनै उजुरी भए असार ६ गतेसम्म दिन सकिने छ ।
थप सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीहरु हेर्नका लागि www.nepalicongress.org मा क्लिक गरि हेर्न सकिने कांग्रेसले जनाएको छ । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ गतेबाट काठमाडौंमा सुरु हुँदैछ ।