पाल्पा । पाल्पामा असार १२ गतेसम्म निषेधाज्ञा थप गरेको छ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सोमवार बसेको बैठकको निर्णय गरेको हो।

पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले केही सीमित क्षेत्र खुकुलो बनाउँदै असार १२ गते राती १२ वजेसम्मको लागि निषेधाज्ञा थप गरिएको बताए । कोरोनाको जोखिम कायमै रहेकाले सोमवार सम्म जारी निषेधाज्ञालाई थप गरी असार १२ सम्म पु¥याइएको छ ।
जारी निषेधाज्ञाको समय थप भएपनि केही अत्यावश्यक सामग्रीको बिक्री, तरकारी, खाद्यान्न लगायतका पसलहरु विहान १० वजेसम्म खुल्दै आएकोमा एक घण्टा थप गरी ११ वजेसम्म खुलाइने भएको छ ।
बैंक तथा वित्तिय संस्था विहान ७ वजेबाट ११ वजेसम्म खुल्ने भएका छन् । अत्यावश्यक सेवाका कार्यालय र सवारी साधनहरु संचालन हुनेछन् । सार्वजनिक यातायात र अन्य पसलहरु भने बन्द नै रहने भएको छ ।
शैक्षिक सत्र सुरुवात भएकाले पाठ्यपुस्तक बिक्रीमा सहजिकरणका लागि पुस्तक पसलहरु समेत विहान ११ वजेसम्म खुल्ने भएका छन् । पाल्पामा सात सय ५६ जना कोरोनाका सक्रिय सङ्क्रमितहरु आइसोलेशनमा रहेका छन् ।