निर्वाचन आयोगको निर्णयले डा. बाबुरामलाई चिन्ता

by समतल अनलाइन
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले गरेका कारबाहीका निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिएकोमा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

जसपाका एक अध्यक्ष महन्थ ठाकुरको पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षले एकअर्कालाई पार्टीबाट निष्कासन गर्दै दल दर्ताको किताबबाट दुवै अध्यक्षले एकअर्काको नाम हटाउन निर्वाचन आयोगलाई पत्र पठाएका थिए । तर दुवैका निर्णय कानुनसम्मत नभएको ठहर गर्दै आयोगले आइतबार कसैको कारबाहीलाई मान्यता दिन नसिकने निर्णय सुनाएकोह हो ।

यसप्रति टिप्पणी गर्दै यादव पक्षमा रहेका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले ओलीतन्त्रका कारण राजनीतिक दल समेत समाप्त हुने लागेको चिन्ता प्रकट गरेका हुन् ।

‘ओलीतन्त्रमा संविधान, लोकतन्त्र सँगसँगै राजनीतिक दलहरू पनि समाप्त हुने भए,’ डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निरंकुश शासकको छायामुनि टाक्सिएको निर्वाचन आयोगले नेकपापछि जसपालाई पनि ‘हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो’ भन्ने सिद्धान्तको प्रयोग गरेर नष्ट गर्ने प्रयास गरेछ । प्रतिगमनको रथ त्यत्तिकै रोकिने छाँटकाँट छैन है।’

 

You may also like