विष्णु घिमिरे
बुटवल।मानब अधिकार समूह बुटबल र उपभोक्ता हित संरक्षण मञ्च बुटबलले बुटबलका बिभिन्न स्वास्थ्य केन्द्रहरुमा अनुगमन गरेको छ । समूहले बुटबल उपमहानगरपालिकाका मोतिपुर स्वास्थ्य चौकी, सेमलार स्वास्थ्य चौकी लगायतका बिभिन्न स्वास्थ्य चौकिहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा बुटबल भित्र बितरण गदै आएको कोभिड खोप व्याबस्थित रुपमा बितरण गरिएको छ वा छैन जेष्ठ नागरिकले पाउन पर्ने खोप पाएकी पाएनन् जानकारी लिनका लागि अनुगमन गरिएको उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जीसीले बताउनुभयो । नगरपालिकाले बितरण गदै आएको खोप व्यवस्थित रुपमा बितरण भएपनि खोप अपुग हुंदा धेरै नागरिक खोपबाट बन्चित भएकाले तत्काल व्यवस्थापन गर्न अनुगमन टोलिले माग गरेको छ । मानब अधिकार समुह बुटबलकी अध्यक्ष कामला भण्डारी ज्ञावालीले मोतिपुर सेमलार क्षेत्रका स्थानीमा खोप लगाउनु पर्छ भन्ने जानकार नभएकाले धेरै जेष्ठ नागरिकहरु खोप लगाउनबाट बन्चित भएको अनुगमनको क्रममा पाइएको बताउनुभयो । उभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जीसी, समुहका अध्यक्ष कमला भणडरी ज्ञावाली, उभोक्ता हित संरक्षण मञ्चका सहसचिव पुष्पा शर्मा न्यौपाने,सदस्य माेहनलाल पाण्डे इन्सेक रुपन्दही सहजकर्ता विष्णु घिमिरे लगायतको टोलीले अनुगमन गरेको थियो ।
			212
			
		
		
			
            
				            
			
			        
    
                        previous post
                    
                    
                        
			        

												
														
