96
बुटवल ।रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३०६ जनाको परिक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सक्रिय संक्रमितको संख्या एक हजार भन्दा तल झरेको छ । जिल्लामा अहिले ९ सय ९ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म रुपन्देहिमा संक्रमित हुनेको संख्या २७६०७ जना पुगेको छ भने जिल्लामा कुल संक्रमितमध्ये २ प्रतिशतले ज्यान गुमाएका छन् भने ९५ प्रतिशत निको भएका छन् ।
