सांसद निलम्बनसम्बन्धी सर्वोच्चको आदेशविरुद्ध एमाले ओली पक्ष पुनरावलोकनमा जाने

by समतल अनलाइन
Shares

काठमाडौं। सांसद निलम्बनविरुद्ध सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पुनरावलोकनमा जाने तयारी गरेको छ ।

अदालतको फैसला कानुन अनुसार नभएको भन्दै भ्याकेट दिने तयारी भइरहेको एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिएका छन् । आन्तरिम आदेशविरुद्ध भ्याकेटमा जाने तयारी भइरहेको जानकारी दिंदै उनले यो फैसला संविधान र कानुन सम्मत नभएको बताए ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका चार सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दबहादुर बुढालाई एमालेले गरेको कारबाहीविरुद्ध पार्टीले गरेको कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै चार जना सांसदलाई एमालेको दशौं राष्ट्रिय सम्मेलनमा आयोजक कमिटीले पार्टीबाट निलम्बन गरेको थियो । अदालतले त्यसरी कारबाही गर्ने अधिकार आयोजक कमिटीलाई नभएको फैसला गरेको छ ।

 

You may also like