93
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५,२२५ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३,७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २,७०९ जनामा र एन्टिजेन विधिबाट ५,५८४ जनाको परीक्षण गर्दा १,०४१ जनामा संक्रमण पुष्टि भएको हो । आज ६७ जना संक्रमितको मृत्यु भएको छ ।
