85
दाङ । दाङको तुल्सीपुरमा कूलोको विषयमा विवाद हुँदा एक युवकले गोली चलाएका छन् । गाेली चलाएकाे आरोपमा तुल्सीपुर उपमहानगर–८ का पूर्णबहादुर वली पक्राउ परेका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिएका छन् ।
प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउण्ड गोली पनि बरामद गरेको छ । वलीले चलाएको गोली कसैलाई लागेको छैन । उनले कसलाई गोली हान्न खोजेका हुन् भन्ने नखुलेको र अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
