बुटवल उद्योग वाणिज्य संघद्धारा तिनाउ एफ.एम. का संचारकर्मीहरुका लागी स्वास्थ्य सामाग्री प्रदान

by समतल अनलाइन
Shares

बुटवल ।बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले तिनाउ एफ.एम. का संचारकर्मीहरुका लागी स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बुधबार उधोग वाणिज्य संघका अध्यक्ष उज्जल कसजू , महासचिब विमल राज भटराई, प्रेस सल्लाहकार कविन्द्र नेपाल लगायतको टिमले तिनाउ एफ.एम.एण्ड मिडिया प्रा.लि अमरपथ बुटवलको कार्यालयमा आउनु भई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।

सो अवसरमा बुटवल उधोग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वल कसजूले स्वास्थ्य सामाग्री प्रदान गर्दे कोरोना महामारीको जटिल अवस्थामा संचारकर्मीहरुको मनोबल उच्च होस भन्ने हेतुले संघको तर्फबाट स्वास्थ साम्राग्री प्रदान गरिएकोे बतााउनुभयो । उहाँले संचारकर्मीले यस कोरोना महामारीको जटिल अवस्थामा सत्य तथ्य समाचार प्रदान गर्नुपर्ने जिम्मेवारी रहने हुँदा निरन्तर कार्यक्षेत्रमा लागीरहने संचारकर्मी र पत्रकारहरुको लागी माक्स , स्यानेटाईजर, चाउचाउ , साबुन लगायतका स्वास्थ समाग्री प्रदान गरिएको बताउनुभयो ।

सो अवसरमा तिनाउ एफ.एम.का स्टेशन म्यानेजर राजेन्द्र जङ्ग रायमाझीले बुटवल उद्योग वाणिज्य संघद्धारा सञ्चार संस्थामा आई स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएकोमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

You may also like

This will close in 0 seconds