156
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कारण नेकपा एकताको प्रयास सफल नभएको भन्ने आरोप भ्रामक रहेको प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जारी गरेको वक्तव्यमा प्रचण्डका कारण एकतको प्रयास सफल नभएको उल्लेख छ । प्रचण्डले ओलीको उक्त भनाइ षड्यन्त्रपूर्ण भएको भन्दै त्यसको निन्दा पनि गरेका छन् ।