141
सिरहा। सिरहाको मिर्चैयामा एक व्यवसायीमाथि शनिवार बेलुका गोली प्रहार भएको छ । मिर्चैया नगरपालिका–५ घर भई मुख्य चोकमा सिद्धि मेडिकल हल सञ्चालन गर्दै आएका ३९ वर्षीय रामसागर साफीमाथि पसलमै ३–४ जनाको समूहमा आएका अज्ञात हतियारधारी व्यक्तिहरुले गोली प्रहार गरेका हुन् ।
साफीको दाँया खुट्टा र हातमा गोली लागेको बताइएको छ । उनको उपचार मिर्चैयाकै मङ्गलम हेल्थकेयरमा भइरहेको छ । पसलमा हिसाव मिलान गरिरहेको बेलामा विजसली गएको मौका छोपी अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
previous post