बुटवल । विश्व वातावरण दिवस ५ जुनका दिन मानव अधिकार तथा शान्ति समाजद्वारा ६ जिल्लामा वृक्षारोपण गरिएको छ । जेठ २२ गते बिहान शान्ति समाजद्वारा रुपन्देहीको वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलको परिसरमा आँप, रुद्राक्ष, अमला, वेल, धुपिसल्लो, कल्पिफुल लगाएत १ सय भन्दा बढी संख्यामा बृक्षारोपण गरिएको छ ।
कार्यक्रममा बोल्दै शान्ति समाजका सभापति गोविन्द खनालले मानव अधिकार तथा शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल व्यालेन्स)मा जोड दिँदै हिमालय वचाउ आन्दोलन सञ्चालन गरिरहेको उल्लेख गर्दै हालै सरकारद्वारा चुरे ध्वस्त गर्ने गरी ढुंगा गिटी निकासीको निर्णय नसच्याए शान्ति समाजले सत्याग्रह आन्दोलन प्रारम्भ गर्ने बताउनुभयो । वातावरण विनास गर्ने सरकारको यो नीतिले गंगा उत्तरको मैदानी इलाका मरुभुमीकरण हुने खतरा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै सभापति खनालले सरकारको यो आत्मघाती कदमलाई वातावरण प्रतिगमनको संज्ञा दिनुभयो । वृक्षारोपण कार्यक्रममा केन्द्रिय सचिब मिना ढकाल, केन्द्रीय सदस्य बिष्णु भुसाल, आम्दा अस्पताल मेसु डा. राजेन्द्र बश्याल, पत्रकार महासंघ प्रदेश महासचिव बिक्रम खड्कासहितको सहभागिता थियो ।
यसैगरी जेठ २२ गते बिहान काठमाण्डौ गोठाटार खुर्सानीबारीस्थित असहाय गाईबाच्छा संरक्षण स्थलको डाँडामा शान्ति समाजद्वारा आयोजित वृक्षारोपण कार्यक्रममा समाजका सल्लाहकार उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, गोकर्णेश्वर नगरपालिकाका मेयर, उपमेयरसहित जनप्रतिनिधिहरु र अधिकारकर्मीहरुद्वारा काइयो, ज्याकारान्डा, कपुर, पारिजात र पिपल लगायतका ५० वटा विरुवा रोपिएको छ ।
जेठ २२ गते शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरस्थित केशवराज झुपाकुकमरी वृद्धाश्रमको प्राङ्गणमा शान्ति समाजका वरिष्ठ उपसभापति शुशील बस्नेत, सचिव निर्मल नेपाली, शाखा सभापति तुलसीराम सुनारसहित १० जनाले वृक्षारोपण गर्नुभएको थियो ।
शान्ति समाज पर्सा शाखाद्वारा जेठ २२ गते विरगञ्जस्थित त्रिजुद्ध मा.वि प्रांगणमा सम्पन्न वृक्षारोपण कार्यक्रममा शाखा सभापति प्रेम पटेल, उपसभापति जिनुमाँया मानन्धरसहित १० जना अधिकारकर्मीहरुले वृक्षारोपण गर्नुभएको थियो ।
कपिलवस्तु शाखाद्वारा श्री सिद्धार्थ माध्यमिक विद्यालय बुन्ची कपिलवस्तुको प्राङ्गणमा आयोजित वृक्षारोपणमा शाखा सभापति गोविन्द पोख्रेल, सचिव माधव घिमिरे सहित अधिकारकर्मीले ५ प्रजातिको १२ वटा वृक्षारोपण गर्नुभएको थियो ।
विश्व वातावरण दिवसकै अवसरमा शान्ति समाज चितवन शाखाद्वारा प्रकृतिको संरक्षण गरौं रूख रोपौं भन्ने नारा सहित नव जागृत वन उपभोक्ता समुहको वनमा चितवन शाखा सभापति शम्भु राउतसहित अधिकारकर्मीहरु पुर्ण चन्द्र चापागाईं, रबिन खतिवडा, रितु न्युपाने, सुप्रिया सापकोटाले वृक्षारोपण गर्नुभएको छ ।
सन् १९७२ मा संयुक्त राष्ट्रसंघद्वारा आयोजित सम्मेलनबाट घोषणा गरी प्रत्येक वर्ष ५ जुनका दिन वातावरण संरक्षण तथा सचेतनामा जोड दिँदै विश्व वातावरण दिवस मनाइन्छ ।
चुरेको अत्यधिक दोहन र वातावरण विनास विरुद्ध शान्ति समाजले सत्याग्रह थाल्ने : ६ जिल्लामा वृक्षारोपण
			279
			
		
		
			
            
				            
							                    
							
			        
    
                        previous post
                    
                    
                         
			        

 
												 
														
