पाँच दिनअघि गरेको ओलीले गर्न सक्ने षड्यन्त्रको अनुमान सही साबित भयो : रावल

by समतल अनलाइन
Shares

काठमाडौं। नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले पाँच दिनअघि आफूले गरेको प्रधानमन्त्रीले गर्न सक्ने षड्यन्त्रको अनुमान मन्त्रिपरिषद् पुनर्गठनले पुष्टि गरेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गरेको भोलिपल्ट (शनिबार) बिहान विज्ञप्ति जारी गर्दै नेता रावलले प्रधानमन्त्री ओलीले आफूसँग पाँच मन्त्रालय राखेर बाह्य शक्ति रिझाउने भनेर गरेको अनुमान सही साबित भएको बताएका हुन् ।

‘मैले पाँच दिनअघि उहाँले आफूसँग पाँच मन्त्रालय राखेर बाह्य शक्तिलाई मक्ख पार्न अरू मन्त्रालय जसपा (महन्थ) लाई धूपबत्ती गर्न सक्ने कुरा व्यंग्यात्मक रूपमा ट्वीट गरेको थिएँ,’ नेता रावलले भनेका छन्, ‘त्यसको जेठ २१ गते (हिजो) को मन्त्रिपरिषद् हेरफेरबाट पुष्टि भयो ।’

शनिबार बिहान वक्तव्यसहित रावलले ट्वीट गरेका छन्, ‘प्रम केपीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषद्को हेरफेरमा अझ छताछुल्ल भएको छ ।’

You may also like

This will close in 0 seconds