136
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको बताएकी छिन् । यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो रहेको उनले बताएकी छिन् ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको समूल अन्त्य हुन नसकेको बताएकी छिन् ।