प्रक्रिया नपुगेको भन्दै निर्वाचन आयोगले खारेज गरिदियो महन्थ र उपेन्द्रको कारवाही पत्र

Shares

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै अध्यक्षले पठाएको कारवाही पत्र नियमावलीको ढाँचाअनुसार नमिलेको भन्दै खारेज गरिदिएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासन गर्दै कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए ।

आयोगले अध्यक्ष ठाकुरसँग केन्द्रीय समितिको निर्णयको प्रतिलिपि प्रस्तुत गर्न माग गर्दै पत्र पठाएको छ । अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई गराउँदै पार्टी दर्ता किताबबाट उपेन्द्र यादवको नाम हटाउन गरेको आग्रह गरेकोमा छानविन आयोगले केन्द्रीय समितिमा भएको निर्णयको हस्ताक्षरसहित प्रतिलिपि राजनीतिक दल दर्ता सम्बन्धी उपनियमावलीको अनुसूची १८ को ढाँचा अनुसार प्रस्तुत गर्न पत्र पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, आयोगले यादव पक्षलाई पनि राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची अनुसार निवेदन दिन पत्र पठाएको छ । जसपाको उपेन्द्र महन्थ पक्ष सरकारमा जाने र उपेन्द्र पक्ष ओली सरकार प्रतिगामी भएका कारण सहयोग गर्न नसकिने विवादका कारण जसपा चिरा परेको छ ।

You may also like

This will close in 0 seconds