ढुंगा-बालुवा निकासी गर्ने बजेटको राष्ट्र विरोधी कार्यक्रम तुरुन्त खारेज गरियोस्- प्रचण्ड

Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बजेटमार्फत सार्बजनिक गरेको ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’कार्यक्रम तुरुन्त खारेज गर्न माग गरेका छन् ।

प्रचण्डले कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी यो निर्णय तुरुन्त खारेज गर्न माग गरेका हुन् ।

बजेटको बुँदा नम्बर १९९ मा अर्थमन्त्री विष्णु पौडेलले व्यवस्था गरेका छन्- ‘वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ। निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु ।’

प्रचण्डले भनेका छन्-

असंबैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय तुरुन्त खारेज गरियोस ।

You may also like

This will close in 0 seconds