कोरोना जितेपछि मदनकृष्ण श्रेष्ठले भने, ‘निक्कै बलियो रहेछ बजिया’

Shares

काठमाडौं । वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठले कोरोनालाई जितेका छन् । उनले आज (मंगलबार) फेसबुकमा आफू कोरोनामुक्त भएको जानकारी गराउँदै संक्रमित हुँदा स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति कृतज्ञता प्रकट गरेका छन् ।

उनले भनेका छन्, ‘मलाई माया, शुभेक्षा र आशिर्बाद बर्षाउँदै मेरो स्वास्थ्यप्रति चिन्ता ब्यक्त गर्नु हुने सम्पूर्ण मेरा प्यारा–प्यारा दर्शक श्रोता, नर्स, डाक्टर अनि पृथ्वीभरका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हृदयदेखि कृतज्ञता ब्यक्त गर्दछु ।’

शुभेच्छुकको आशिर्बाद लागेकै कारण आफू निको भएको उनको भनाइ छ । ‘यहाँहरुबाट प्राप्त अमृतमय मायाको बलले कोरोनारुपी बिषलाई मज्जाले पचाइयो’ उनी भन्छन्, ‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछार्यो । पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि ।’ उनी थप भन्छन्, ‘बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया ।’

You may also like

This will close in 0 seconds