115
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप सात हजार ९८ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या चार लाख ५३ हजार ५४४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार १३५ जनाको स्वाब परीक्षण गरिएको छ । कोभिड–१९ बाट मृत्यु हुनेको संख्या आज घटेको छ ।