136
काठमाडौ। पछिल्लो ४९ दिनमा २,६३१ जना प्रहरीमा कोरोना संक्रमण भएको छ । गएको वैशाख १ गतेदेखि मंगलबार (आज) सम्म ४९ दिनको अवधिमा २६ सय बढी प्रहरीमा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा एक हजार २५१ जना संक्रमणमुक्त भएका छन् भने ८७१ जना उपचारको क्रममा छन् । यो अवधिमा कोरोना कारण नौ प्रहरीले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । यस्तै शुरुवातदेखि हालसम्म ९,४४७ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
previous post