131
नयाँदिल्ली। पछिल्लो २४ घण्टामा भारतमा ३,१२८ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा एक लाख ५२ हजार ७३४ संक्रमित थपिएका छन् ।
हालसम्म भारतमा ३ लाख २९ हजार १०० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । २ करोड ८० लाख ४७ हजार ५३४ जना भारतमा कोरोना संक्रमित भइसकेको तथ्यांक छ । भारतमा केही सातायता कोरोना संक्रमण र त्यसका कारण हुने मृत्यु दरमा उल्लेख्य कमी आएको छ ।