143
बुटवल । बुटवलमा आजदेखि टोल-टोलमा कोभिडको निशुल्क परीक्षण सुरु भएको छ ।
मोतिपुर, सेमलार, नयाँगाउँ र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको निशुल्क परीक्षण गरिएको छ । हालसम्म ६२ जनाको परीक्षण भएकोमा १४ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र र कार्यालय परिसरमा एन्टिजेनबाट परीक्षण भइरहेको छ । आजदेखि सुरु भएको परीक्षण उपमहानगरपालिकाका सबै वडाका टोलमा पायक मिलाएर २१ गतेसम्म गरिनेछ ।
स्वास्थ्यकर्मीलाई क्षेत्र तोकेर जिम्मेवारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताउनुभयो ।