124
काठमडौं । चीनले अनुदानमा उपलब्ध गराउने थप १० लाख डोज खोपमध्ये आठ लाख खोप लिन भोलि (सोमबार) नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ ।
भोलि (सोमबार) राति साढे ११ बजे जहाज बेइजिङका लागि उड्ने नेपाल एयरलाइन्सका महानिर्देशक डिम प्रकाश पौडेलले जानकारी दिएका छन् । उनका अनुसार मंगलबार दिउँसो २ बजे उक्त जहाज आठ लाख डोज खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । बाँकी दुई लाख खोप तिब्बतबाट आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।