विप्लवले बनाए १४ पार्टीको मोर्चा, ओली सरकार र व्यवस्थाकै विकल्प खोज्नु पर्ने निष्कर्ष

by समतल अनलाइन
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना १४ पार्टीको संयुक्त मोर्चा बनाइएको छ । यही जेठ १४ गते बसेको बैठकबाट सो संयुक्त मोर्चा बनाइएको हो । वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पका साथै विद्यमान व्यवस्थाकै विकल्प खोजिनुपर्ने मोर्चाको ठहर छ ।

मोर्चाले अहिलेको व्यवस्थाको विकल्पमा जनगणतन्त्र/वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्नेमा जोड दिएको छ । यस्तै मोर्चाले ओली इन्डो–अमेरिकी गठबन्धनको गोटीको रुपमा काम गरिरहेको आरोप लगाउँदै विज्ञप्तिमार्फत भनेको छ, ‘एमसीसी पारित गरी नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेका छन् ।’

भनिएकाे छ, ‘सरकारले ल्याएको कथित नागरिकतासम्बन्धी अध्यादेश अल्पमतको सरकारलाई जोगाउने र विदेशी योजना लागू गर्ने उद्देश्यका लागि ल्याइएको हुनाले त्यसलाई फिर्ता लिन हामी जोडदार माग गर्दछौं । मोर्चाले विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई तत्काल रिहाइ गर्न पनि माग गरेको छ ।’
हेर्नुस संयुक्त मोर्चाको विज्ञप्ती

You may also like