126
बुटवल ।रुपन्देहीमा थप १०३ जनामा कोरोना संक्रमणपुष्टि भएको छ । ३७५ जनाको परिक्षण गर्दा उक्त संख्यामा पोजेटिभ रिपोर्ट देखिएको हो ।
जिल्लामा सबैभन्दा धेरै संक्रमित बुटवलमा थपिएका छन् र बुटवलमा ३५ जना, सिद्धार्थ नगरमा ९ जना, तिलोत्तमामा १५ जना, सियारीमा एक जना, देवदहमा १५ जना र मायादेवीमा तीन जना थपिएका छन् । त्यस्तै सैनामैनामा १३ जना, ओमसतियामा ५ जना, कञ्चनमा एक जना, रोहिणीमा तीन जना, लुम्बिनी साँस्कृतिक नगरपालिकामा एक जना र सम्मरीमाई गाउँपालिकामा दुई जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
previous post