सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बजेट बिनियोजन

by समतल अनलाइन
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सुकुम्बासी समस्या समाधानका लागि जग्गा खरिदका लागि ६८ करोड रुपैयाँ बिनियोजन गरेका छन् । भूमिहीन दलित, सुकुम्बासी, पूर्व कमलरीलाई व्यवस्थापन गर्न आगामी आर्थिक बर्षभित्र जग्गा प्रदान गर्न सो रकम छुट्याइएको हो ।

पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८–७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । उनले गैरकानुनी रुपमा कब्जा गरिएका सरकारी तथा गुठीका जग्गा फिर्ता ल्याउने पनि बताएका छन् ।

You may also like

This will close in 0 seconds